‘सरकारले फिर्ता गर्‍यो २८४ बिघा जमिन’

Spread the love

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले हालसम्म २८४ बिघा जमिन फिर्ता गरेको बताएकी छिन्। मन्त्री अर्यालले आफ्नो कार्यकालको दुई वर्षको अवधिमा भए गरेका प्रगतिका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै सो जानकारी गराएकी हुन्। ‘बाराको सिमरा मालपोत कार्यालयबाट नापी नक्सामा सरकारी रहेको, श्रेस्ता समेतमा रेकर्ड रहेको जग्गा २०६४ सालमा व्यक्ति विशेषको नाममा बनाइएको विभिन्न कित्ता गरी १२ कित्ताको २० बिघा जमिन दर्ता बदर भएको छ’ उनले भनिन्।

मन्त्री अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक हुने बताइन्। नक्साबारे सुझाव दिन प्राविधिक समितिले सुझाव पेश गरेको उनले जानकारी दिइन्। गुठी ऐनका बारेमा सरोकारवालासँग पटकपटक छलफल गरिएको भन्दै उनले धेरै चरणमा छलफल गर्दा सरोकारवालाहरू सँगै जान सकिन्छ भन्ने निष्कर्षमा पुगेको बताइन्। सगरमाथाको उचाइ मापन गर्ने कार्यको ९० प्रतिशत काम सम्पन्न भएको मन्त्री अर्यालले बताइन्। मन्त्री अर्यालले प्रविधिको अधिकतम प्रयोग गरेर नै सुशासन कायम गर्न सकिने बताइन्। बेथितिको अन्त्य गर्न प्रविधिबाट नै नियन्त्रण गरेर जाने उद्देश्यले सरकारले लिएको उनको भनाइ छ।

नेपाली कांग्रेसले पार्टी विधानअनुसार विभाग गठन गर्ने गृहकार्य सुरू गरेको छ। १३ औं महाधिवेशन भएको चार वर्षसम्म विभाग गठन हुन सकेको थिएन। सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशन आउन एक वर्ष बाँकी रहँदा विभाग गठन अगाडि बढाएका हुन्। पुस ११ मा बसेको कांग्रेस केन्द्रीय समिति बैठकले विभाग संख्या बढाएर ४७ पुर्‍याएको छ। ती विभागका संयोजक मनोनित गर्न सभापति देउवाले शुक्रबार बरिष्ठ नेता रामचन्द्र पौडेलसँग नाम मागेका छन्।

‘सभापति देउवाले आज अपरान्ह ४ बजे बरिष्ठ नेतालाई टेलिफोन गरेर विभागमा रहने साथीहरूको नाम पठाउन आग्रह गर्नुभएको छ,’ कांग्रेसका एक केन्द्रीय सदस्यले सेतोपाटीसँग भने। आइतबारसम्म संगठन, प्रचार, जनसम्पर्कलगायत विभाग गठन गर्ने पक्षमा देउवा देखिएका छन्। सहमतिमार्फत् नै विभाग गठन गर्न सभापतिले चाहेकोले बरिष्ठ नेतासँग आफ्नातर्फका नेताको नाम दिन भनिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *