मिस वर्ल्ड २०१९ भोलि नेपाल आउँदै

Spread the love

मिस वर्ल्ड २०१९ की विजेता टोनी एन सिंह तीनदिने भ्रमणका लागि बिहीबार नेपाल आउँदै छिन्। उनको भ्रमणमा मिस वर्ल्ड संस्थाका अध्यक्ष जुलिया मोर्ली र निर्देशक स्टीव डग्लस पनि सहभागी हुने मिस नेपाल आयोजक हिडन ट्रेजरले जनाएको छ। मिस वर्ल्ड संस्था र हिडन ट्रेजरको २३ वर्ष लामो सम्बन्ध क्रममा मिस वर्ल्डले नेपाल भ्रमण गर्न लागेको यो पहिलोपटक हो।

हिडन ट्रेजरले आफ्नो २५औं वार्षिकोत्सव र भिजिट नेपाल २०२० को अवसर पारेर यस वर्षका मिस वर्ल्डलाई नेपाल भ्रमणको निम्तो दिएको थियो। जमैकाकी टोनी नेपाल भ्रमण क्रममा सिन्धुपाल्चोक र मकवानपुर जाने कार्यक्रम छ। उनी मिस नेपाल २०१९ अनुष्का श्रेष्ठको प्रोजेक्ट हेर्न सिन्धुपाल्चोकको हेलम्बु जाने कार्यक्रम रहेको हिडन ट्रेजरले जारी गरेको विज्ञप्तिमा छ। उनी अघिल्लो वर्षकी मिस नेपाल शृंखला खतिवडाको प्रोजेक्ट हेर्न मकवानपुर पनि जाने छिन्। यो भ्रमणमा मिस वर्ल्ड संस्थाको टोलीले नेपालमा मिस वर्ल्ड कार्यक्रम आयोजना गर्ने सम्भावनाहरू पनि हेर्ने हिडन ट्रेजरले जनाएको छ।

हिजो (मंगलबार) साँझ मलाई प्रधानमन्त्रीले राति चाँडै सुत्नुस् है भन्नुभएको थियो। तर सुत्दा ११ बज्यो। तीन बजे बिउँझिएँ। निद्रा लागोस् पनि कसरी,’ त्रिवि शिक्षण अस्पतालका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्राध्यापक प्रेमराज ज्ञवालीले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापासँग भनेका थिए। डा. ज्ञवालीका भनाइबाट थाहा हुन्छ, उनी कति दवाबमा थिए।
डा. ज्ञवाली प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोली प्रमुख हुन्। उनीसहित चिकित्सकको टोलीले बुधबार प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण सफलतासाथ सम्पन्न गरेको छ।

‘उहाँ अहिले नर्मल नै हुनुहुन्छ, होसमा आइसक्नुभएको छ। प्रत्यारोपण गरेको मिर्गौलाले राम्रो काम गरेको छ,’ सेतोपाटीसँगको संक्षिप्त कुराकानीमा ज्ञवालीले भने, ‘कुराकानी गर्न सक्नुहुन्छ। अहिले प्रत्यारोपणपछि राखिने वार्डमा राखेका छौं। त्यहाँ बसुञ्जेल हामी कसैलाई भेट्न दिँदैनौं।’ प्रधानमन्त्री ओली कुराकानी गर्न सक्ने भए पनि संक्रमणको डर भएकाले आराम गर्न लगाइएको उनले बताए।

‘एकदम अप्ठ्यारो केही पनि छैन अहिले,’ उनले भने, ‘अब उहाँको मिर्गौलाले कति पिसाब बनाउँछ, त्योअनुसार उहाँलाई सलाइन चढाउन पर्ने हुनसक्छ।’ बिहीबारबाट उनलाई खान दिने चिकित्सकहरूको तयारी छ। संक्रमण नहोस् भनेर ‘एन्टिबायोटिक’ चलाउने र शरीरले मिर्गौला अस्वीकार नगरोस् भनेर औषधि चलाउन पर्ने पनि ज्ञवालीले बताए। प्रधानमन्त्रीलाई शल्यक्रिया वार्ड लैजानुअघि डा. ज्ञवालीले ‘तपाईंलाई केही भन्नुछ’ भनेर सोधेका थिए। जवाफमा प्रधानमन्त्रीले ‘तपाईंहरू प्रति विश्वास छ’ भनेका थिए। शल्यक्रियापछि भने प्रधानमन्त्रीलाई ‘डिस्टर्ब’ नगरेको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण गर्ने टोलीउनका अनुसार प्रधानमन्त्रीलाई मिर्गौला दिने समिक्षा संग्रौलाको पनि स्वास्थ्य सामान्य छ। उनको शल्यक्रिया ‘ल्यापरोस्कोपिक’ विधिअन्तर्गत गरिएको हो। यो भनेको शरीर नचिरी सानो प्वाल मात्र बनाएर दुरबिनजडित उपकरण भित्र पठाएर गरिने शल्यक्रिया हो। समिक्षाको शरीरमा त्यही सानो घाउ मात्र भएको र अहिले होसमा आएर कुराकानी गर्न थालेकी डा. ज्ञवालीले बताए।

‘मैले उहाँलाई भेटेको थिएँ। शल्यक्रिया गरेको घाउ अलि-अलि दुख्यो भन्दै हुनुहुन्थ्यो। अरू सामान्य छ,’ उनले भने। कुनै पनि नकारात्मक अवस्था नभएमा चार-पाँच दिनमा प्रधानमन्त्रीलाई ‘डिस्चार्ज’ गर्ने चिकित्सकको योजना छ। समिक्षा भने तीन दिनमा डिस्चार्ज हुनेछिन्।सरकार प्रमुखको मिर्गौला प्रत्यारोपण गर्दा कत्तिको दवाब भयो भन्ने जिज्ञासामा ज्ञवालीले भने, ‘अरू त केही थिएन, प्रेसर चाहिँ धेरै थियो। सरकार प्रमुख भएकाले उहालाँई हामीले जसरी पनि राम्रो गर्नुपर्छ भन्ने भयो। तर प्राविधिक रूपमा त उपचार क्रम र विधिमा सर्वसाधारण र उहाँमा केही फरक हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *