बामदेव गौतम मन्त्री बन्न सक्नुहुन्न : सुरेन्द्र पाण्डे

Spread the love

चितवन । नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले पार्टी उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभा सदस्य बने पनि मन्त्री बन्न नसक्ने बताएका छन् । जनताले पराजित गरेका व्यक्ति सांसद वा मन्त्री हुन खोज्नु गलत परिपाटी भएको भन्दै उनले यसले लोकतन्त्र बलियो नहुने बताए । चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पाण्डेले सो कुरा बताएका हुन् । निर्वाचनमा पराजित भएको व्यक्ति सो प्रतिनिधि सभाको कार्यकाल भरी नियुक्तिका लागि योग्य नहुने संवैधानिक व्यवस्था भएकाले गौतम सांसद भए पनि मन्त्री हुन नसक्ने पाण्डेको भनाइ छ ।

संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधि सभाको कार्यकालमा उपधारा (१) बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य हुने छैन भन्ने व्यवस्था छ । संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी बाटो खोल्न पार्टी सचिवालयले गरेको निर्णयको पक्षमा जनता नदेखिएपछि कार्यदल नै भंग गरिएको नेता पाण्डेको भनाइ छ ।

पार्टीभित्र पछिल्लो समयमा देखिएको विवाद समाधान हुने क्रममा अघि बढेको नेता पाण्डेले बताए । ‘पार्टीमा अहिले देखिएको विवादको समाधान हुन्छ, एउटा सहमतिमा नेताहरु पुग्न लागेको बुझिन्छ,’ नेता पाण्डेले भने, ‘बामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय पनि कार्यान्वयन हुन्छ, प्रधानमन्त्रीका चासोहरु पनि सम्वोधन हुन्छन् । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले समृद्ध नेपाल निर्माणमा इन्जिनियरहरुको भूमिका अतुलनीय हुने बताएका छन् ।

शनिबार १६ औं राष्ट्रिय युवा ईन्जिनियर सम्मेलनको अवसरमा आयोजित कार्यक्रममा मन्त्री मानन्धरले कहिलेकाहीँ गलत इन्जिनियरिङका कारण विकासका संरचनाहरु भताभुंग हुने गरेको बताउँदै सचेत भएर काम गर्न इन्जिनियरहरुलाई सुझावसमेत दिए । काठमाडौंको कालिमाटीस्थित पुलको उदाहरण दिँदै मन्त्री मानन्धरले कतै–कतै गलत इन्जिनियरिङका कारण समस्या परेको बताउनुभयो ।

आइतबारदेखि शुरु हुने युवा इन्जिनियरहरुको सम्मेलनमा १६ सय ईन्जिनियरहरु सहभागि हुँदै छन् । देशको नेतृत्वकर्ता र व्यवस्थापकबीच कामको तालमेल हुन सकेमा मुलुकलाई स्वर्ग बनाउन सकिने बताए । राजनीतिक तहबाट आएका विकासका खाकालाई मुर्त रुप दिन व्यवस्थापकहरु सचेत ढंगले लाग्नुपर्ने उनको भनाइ थियो । मन्त्री मानन्धरले नेपाल धर्तीको स्वर्ग भएको बताउँदै स्वर्गलाई समृद्धिले भरिपूर्ण बनाउने दायीत्व सबैको काँधमा भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *