नेपाल एयरलाइन्सले पनि रोक्यो कतार उडान

Spread the love

काठमाडौं । नेपाल एयरलाइन्सले कतारको दोहामा गर्दै आएको नियमित उडान हाल स्थगित गरेको छ । कोरोना भाइरसको संक्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतार प्रवेशमा अस्थायी प्रतिवन्ध लगाएको छ । यससँगै नेपाल एयरलाइन्सले समेत मंगलबारबाट लागू हुने गरी दोहामा गर्दै आएको उडान रद्द गरेको हो । नेपालीहरु पनि हाललाई कतार प्रवेश गर्न नपाउने भएकाले दोहाको नियमित उडान हाललाई १० मार्च २०२० बाट अर्को निर्णय नहुन्जेल स्थगित गर्नु परेको नेपाल एयरलाइन्सले जनाएको छ ।

नेपाल एयरलाइन्सका अनुसार २६ फागुन २०७६ र भन्दा पछिका उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने भएको छ । टिकटको उडानको मिति २ पटक सम्म परिवर्तन गर्न शुल्क नलाग्ने व्यवस्था गरिएको छ । नेपाल एयरलाइन्सले दोहामा दैनिक एक उडान गरिरहेको थियो । यअअघि दोहामा अर्को नेपाली कम्पनी हिमालय एयरलाइइन्सले समेत उडान रोकेको थियो ।

कर्णाली प्रदेश सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ मा एक लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । गएको पुस १६ गते अर्थात् २०२० जनवरी १ मा नेपाल भ्रमण वर्षको शुभारम्भ गरेसँगै कर्णाली प्रदेशको पर्यटन प्रबर्धन गर्न सरकारले कर्णाली पर्यटन बोर्डसमेत गठन गरिसकेको छ । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गठन गरेको बोर्डको पहिलो बैठकसमेत बस्न सकेको छैन । सरकारले गठन गरेको पर्यटन बोर्ड र त्यसको कार्य तदारुकताका साथ कार्यान्वयन हुन भने ढिलाइ भएको छ ।

मूलतः बोर्डको कार्यकारी अधिकृत नियुक्त हुन नसकेका कारण यसअन्तर्गत निर्दिष्ट काम सञ्चालन हुन नसकेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णप्रसाद आचार्यले राससलाई जानकारी दिए । ‘हामीले बोर्डको कार्यकारी अधिकृत पदका लागि खुला प्रतिस्पर्धाबाट लिने गरी १५ दिनको म्याद राखेर यही फागुन ५ गते दर्खास्त आह्वान गरेका छौँ,’ सचिव डा आचार्यले भने, ‘अहिलेसम्म कसैको दर्खास्त परेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *