नेपालमा कोरोनाभाइरस फैलिए जस्तोसुकै सहयोग गर्न चीन तयार

Spread the love

काठमाडौँ — नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिए चीन सरकारले सहयोग गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसँगको भेटमा मंगलबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त प्रतिबद्धता जनाएकी हुन् । राजदूत होउले नेपालमा भाइरस सं क्रमण नफैलिने विश्वास व्यक्त गर्दै त्यस्तो अवस्था आए सहयोगका लागि चीन तयार रहेको बताएकी हुन्।

‘उहाँ (राजदूत होउ) ले कोभिड–१९ को सं क्रमणबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत व्यक्त गर्नुभयो। यसको सं क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबैखाले प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन तयार रहेको उहाँको भनाइ थियो,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। भेटका क्रममा होउले उक्त सं क्रमणबाट पीडित ८० हजार ९ सयमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जनाइन्।

चिनियाँ राष्ट्रपति सी जीनफिङले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी व्यक्ति बिल गेट्सलाई पत्र पठाउनुभएको छ । राष्ट्रपति चिनफिङले लेख्नुभएको छ, ‘तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु । अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनुभएको सहानुभूति र ऐक्यबद्धताप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’ उहाँले चीन अहिले महामारीविरुद्ध लडिरहेकाेले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

बिल गेट्सको अगुवाइमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले कोरोना भाइरस नियन्त्रणका लागि १० करोड अमेरिकी डलर सहयोग गरेको थियो ।महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्वअनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए । कोविड-१९ नाम दिइएको काेराेना भाइरसका कारण अहिलेसम्म २ हजार ३४५ जनाको ज्यान गइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन् । अहिलेसम्म विश्वका २५ देशमा यसको सङ्क्रमण देखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *