कोरोना संक्रमणले गर्दा विदेशमा नेपाल भ्रमण प्रचार स्थगित: मन्त्री भट्टराई

Spread the love

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै विदेशमा गरिने प्रचार स्थगित गरिएको छ। कोरोना भाइरसले चीनलगायत देशमा असर गरेको भन्दै सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले विदेशमा हुने प्रचार प्रसारका काम स्थगित गरी आन्तरिक पर्यटन प्रवर्द्धनको गरिएको बताए।

कोरोनाकै कारण पनि भ्रमण वर्षलाई असर परेको उनले बताए। ‘अब विदेशमा हुने पर्यटन प्रचारप्रसारका कामलाई केही समय स्थगन गर्दै हामी देशभित्रको पर्यटन प्रवर्द्धनको काममा बढी केन्द्रीत हुन्छौं,’ काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा उनले भने। परिस्थिती अनुकूल भएपछि र कोरोना त्रास हटेपछि सक्रियताका साथ फेरि भ्रमण वर्षको प्रवर्द्धनात्मक काममा अगाडि बढ्ने उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि राष्ट्रिय सभा सदस्य नियुक्त गर्न कसैलाई पनि सिफारिस नगर्ने मनस्थिति बनाएका छन्। आफू पनि उपस्थित सचिवालय बैठकले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नियुक्त गर्ने राष्ट्रिय सभा सदस्य बनाउने निर्णय गरेपनि ओलीले अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिन चाहेका थिए।

उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई बोलाएर सचिवालयको निर्णय नमान्ने पनि बताइसकेका थिए। तर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताहरू वामदेवलाई सिफारिस गर्नैपर्नेमा अडिग भएपछि प्रधानमन्त्री ओलीले तत्काल दुबै जनालाई सिफारिस नगर्ने मनस्थिति बनाएका हुन्। ‘दुई वर्षअघि पनि राष्ट्रपतिबाट नियुक्तहरू सदस्यको सपथ फागुन २५ गते भएको थियो। त्यही भएर खतिवडाको म्याद २० गते सकिन्न,’ बालुवाटार स्रोतले भन्यो,’त्यही भएर २१ गते नै सपथ लिनुपर्छ भन्ने छैन। यो विषयमा पार्टीभित्र अझ गहन छलफल गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ।’

गत माघ ९ गते भएको राष्ट्रिय सभा चुनावका निर्वाचित सदस्यहरूको सपथ फागुन २१ गतेका लागि तोकिएको छ। राष्ट्रिय सभाका अरू निर्वाचित सदस्यहरूलाई फागुन २१ गते नै सपथ गराएपनि राष्ट्रपतिबाट मनोनित हुने सिट अहिलेलाई खाली राख्ने मनस्थितिमा प्रधानमन्त्री छन्। सो सिटमा अर्थमन्त्री खतिवडाको सट्टा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई पठाउनुपर्ने नेकपा सचिवालयका बहुमत सदस्यको राय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *