कमेडीका जज सन्तोष पन्त भन्छन ‘हिमेसको भोट १० लाखले बढी छ, कसरि खबपुले जित्छ?

Spread the love

काठमान्डौ । ‘कमेडी चेम्पियन’को उपाधिमा खबपुका समर्थकले बिरोध गरेपछि निर्णायक सन्तोष पन्तले हिमेसको भोट दश लाख भन्दा धेरै अन्तरले जितेको दाबि गरेका छन् । भोटमा चलखेल नभएको बताउदै इसेवाको भोट हेर्न समेत आग्रह गरेका छन् । खबपुका समर्थकले चार बजेसम्म भोट भएको दाबि गर्दै उनीहरुले १२ बजे सम्मको मात्रै भोटलाई मान्यता दिनुपर्ने माग गरिरहेको बेला निर्णायक पन्तले इसेवाको भोट हेर्न आग्रह गरे, उनले भने ‘हेर्न चाहानु हुन्छ भने इसेवाको भोट छ हेर्नुहोस ।’

पन्तका अनुसार खबपु र हिमेसको भोटमा १० लाखको अन्तर रहेको बताए । उनले भने ‘हामीले हेर्दाखेरि १० लाख भोटको डिफरेन्सको भोट छ’ । उनका अनुसार विदेशबाट आएको भोटमा १ लाख र इसेवाबाट आएको भोटमा ९ लाखको अन्तर रहेको बताए । भोट अधिकार जनतालाई दिएको हुनाले जजहरुको कुनै दोष नरहेको उनले सुनौलो नेपाललाई स्पस्ट पारे । खबपुलाई हराउन धाँदली भएको भन्दै समर्कथकहरुले मेडी च्याम्पियन बिरुद्द समेत नाराबाजी गरेका थिए । उनीहरुले अर्गानिक कमेडीलाई महत्व नदिएर कमेडी च्याम्पियनले पैसाको ब्यापार गरेको आरोप लगाए ।

भोटिंग सुबिधा दिएको इसेवा चोर भएको भन्दै इसेवा बिरुद्द कार्यक्रम स्थल बाहिर नाराजुलुस लगाएका थिए । इसेवालाई खारेज गर्न नारा जुलुस लगाएका थिए । इसेवाबाट मात्रै भोट गर्ने प्रक्रिया कमेडी च्याम्पियनलाई शहरीकरण गरेको आरोप लगाएका थिए । धादिङका हिमेस पन्तले ‘कमेडी चेम्पियन’को उपाधि चुमेका छन् । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी सो ‘कमेडी च्याम्पियन’मा उनले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै कमेडी चेम्पियनको उपाधि हात पार्न सफल भएका हुन् ।

कान्तिपुर टेलिभिजनबाट प्रशारित रियालिटी शो कमेडी च्याम्पियनको उपाधिसँगै उनले २५ लाख नगद र कार पुरस्कार हात पारेका छन । कोरोना भाइरस संक्रमणका कारण नेपाल सरकारले भिडभाड हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेपछि आयोजक टीमले च्यासलस्थित आफ्नै स्टुडियोमा ग्राण्ड फिनाले कार्यक्रम गरेको हो । ग्रान्ड फिनालेमा सुमन कोइराला, खड्गबहादुर पुन र हिमेश पन्त रहेका थिए ।

सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट सो’मा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन् । कमेडी च्याम्पियन’ विशाल भण्डारीले निर्देशन गरेका हुन् भने विभिन्न रियालिटो शो को सञ्चालन गर्दै आएकी रिमा विश्वकर्माले सञ्चालन गरेकी छन् । ‘कमेडी च्याम्पियन’मा मनोज गजुरेल, सन्तोष पन्त, ऋचा शर्मा र प्रदीप भट्टराई निर्णायक रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *