आफ्नै निर्णयबाट राष्ट्र बैंक ब्याक, २ करोडसम्म ऋण लिन करचुक्ता नचाहिने

Spread the love

काठमाडौं । कर्जा लिनका लागि करचुक्ताको प्रमाणपत्र अनिवार्य गर्ने निर्णयबाट राष्ट्र बैंक ब्याक हटेको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले सानो परिमाणका कर्जामा करचुक्ताको प्रमाणपत्र नभए पनि हुने व्यवस्था गरेको छ । अब २ करोड रुपैयाँ भन्दा बढी रकम ऋण लिनेहरुका लागि मात्रै कर चुक्ताको प्रमाणपत्र अनिवार्य गरिएको छ ।

राष्ट्र बैंकले केहि समय अघि एकीकृत निर्देशन जारी गर्दै कर्जा लगानी गर्दा करचुक्ताको प्रमाणपत्र अनिवार्य गरेको थियो । कर चुक्ता अनिवार्य गर्नुका साथै आम्दानी समेत करचुक्ता भएको रकमलाई आधार मान्नु पर्ने राष्ट्र बैंकको नयाँ नीतिले कर्जा लगानी सुस्ताएको विश्लेषण हुन थालेको थियो ।

कर्जा लगानमिा सुस्तता आएको भन्दै नेपाल बैंकर्स संघले कर्जा लिन आउनेहरुका सबैका लागि कर चुक्ता अनिवार्य चाहिने व्यवस्थामा केहि सहजता ल्याउन माग गर्दै आएका थिए । संघका पदाधिकारीहरुले यो गुनासो अर्थमन्त्री डा. युवराज खतिवडा समक्षसमेत राखेका थिए । बैंकरहरुले कुनै निश्चित सीमा तोक्ने र त्यो भन्दा धेरै कर्जा लिनेका लागि कर चुक्ता अनिवार्य गर्नु पर्ने माग राखेका थिए । उक्त माग पुरा भएको छ ।

सरकारले ठूला सभा, सम्मेलन र भोजभतेर नगर्न आह्वान गरेको छ । आइतबार स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले पत्रकार सम्मेलन गरी कोरोना भाइरसको जोखिम बढेको भन्दै धेरै मानिस भेला हुने कार्यक्रम नगर्न आह्वान गरेका हुन् । मन्त्री ढकालले अप्ठेरो अवस्था आएमा अन्तर्राष्ट्रिय हवाई उडान पनि रोक्ने बताए । उनले विमानस्थल पुरै बन्द गर्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।

मन्त्री ढकालले कोरोना भाइरसको संक्रमण रोक्न सरकारले तीन चरणको तयारी गरेको बताए । ‘पहिलो चरणको तयारी अनुसार आवश्यक सावधानी अपनाउने र नेपाल भित्रिने नाकाहरुमा स्वास्थ्य जाँचको व्यवस्था गरिसकिएको छ, दोस्रो चरणको तयारी अन्तर्गत संक्रमित नेपालीलाई राख्न आवश्यक बेडको व्यवस्था गरिएको छ ।’ मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणले भयावह रुप लिए सबै अस्पताललाई उपचारका लागि प्रयोग गर्न सकिने बताए ।

चीनमा कोरोना भाइरसको सकंम्रण घटदै गए पनि कोरिया, खाडी मुलुक र भारतमा कोरोनाको सकंम्रण देखिए नेपालमा भयावह स्थिति आउने ढकालले बताए उनले भने्, ‘छिमेकी देशमाहरुमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न थालिएको छ । हामीले पनि केही देशसँगको उडान तत्काल कटौती गर्ने विषयमा छलफल गरिरहेका छौं ।’ विमानस्थलमा थप जनशक्ति र मेसिन

सरकारले त्रिभुवन विमानस्थलको स्वास्थ्य कक्षमा थप जनशक्ति र ज्वरो नाप्ने मेसिन राख्ने भएको छ । थप जनशक्ति र ६ वटा मेसिन राखेर कोरोना संक्रमण देखिएको देशबाट आउने सबै यात्रुको जाँच गरिने मन्त्री ढकालले बताए । यसैगरी मन्त्रालयले तातोपानी र रसुवागढी नाकामा पनि चिकित्सक खटाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *